काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पहाडी तथा हिमाली भूभागसहित अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानमा पनि वर्षा हुन सक्छ। भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी सतर्क रहन आग्रह गरिएको छ।



