काठमाडौं । तीज नजिकिंदै गएसँगै सांगीतिक बजार पनि तीजमय बनिरहेको छ । यहिक्रममा सर्जक बिशाल छेत्रीले मर्मश्पर्शी तीज गीत सार्वजनिक गरेका छन् । बिशालको शब्द र संगीत रहेको ‘आमा तिम्रो दुःख’ बोलको गीतले तीजको वास्तविक मर्म बोकेको छ ।

गीतमा पछिल्लो समय चर्चामा रहेकी प्रतिभाशाली गायिका अन्जिता विश्वकर्माको सुमधुर स्वर सुन्न सकिन्छ । याम थापा मगरले संगीत संयोजन गरेको गीतका रेकर्डिष्ट रमेश खड्का हुन् । ओजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मिक्सिङ तथा मास्टरिङ बिनोद परियारले गरेका हुन् ।

Nepal Telecome

गीतको अडियो जति मर्मश्पर्शी छ, भिडियोले त्यसमा थप शक्तिशाली बनाएको छ । दुर्गा पौडेलको परिकल्पना र निर्देशनमा तयार भएको भिडियोमा भिडियोमा लोकप्रिय मोडल तथा अभिनेत्री रन्जिता गुरुङले अभिनय गरेकी छिन् । अमेरिकामा बस्दै आएकी मोडल रन्जिता गुरुङ नेपाल फर्केका मौकामा यो गीतमा अभिनय गरेकी हुन् ।

गीतमा रन्जिता संगै आमाको भूमिकामा भने रश्मि भट्टको अभिनय रहेको छ भने बालकलाकारमा सृष्टी खड्कीलाई देख्न सकिन्छ । मिलन थापाले छायांकन गरेको पिभडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।

जापानलाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा समर्पित भएको बिशालको करिब ३ सय बढी गीतहरु सांगीतिक बजारमा आइसकेका छन् । उनका अधिकांश गीतहरु हिट लिष्टमा परेका छन । उनको ‘आमा तिम्रो दुःख’ गीतले पनि चर्चा र सकारात्मक प्रतिक्रिया कमाइरहेको छ । गीतलाई बिशालको आफ्नै युटुब च्यानलमार्फत हेर्न सकिन्छ ।