News Of Global शुक्रबार, मंसिर १२, २०७७

गुल्मी । शुक्रबार बिहान इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर–४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेहरु इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीय थापा र गुल्मी अस्पतालमा उपचाररत १९ वर्षीय फर्सुराम थापा रहेका छन् ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षका कमल हितान घाइते भएका छन् । चालक वुद्ध बस्नेत भने सकुसल रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरुको गुल्मी अस्पताल उपचार भइरहेको छ । प्रहरीका अनुसार जिपमा चालकसहित ९ जना सवार थिए ।
जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]