मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ।चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरको लबिम मलस्थित QFX Cinemas मा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।
स्मार्टफोनको सार्वजनिक मोटोरोला कन्ट्री हेडहरि ओम मिश्रर चौधरी ग्रुपका भाइस प्रेसिडेन्टएस.सी. साबुले गरेका थिए। कार्यक्रममा नेपाली चलचित्रमास्टर्नीका कलाकार तथा निर्माण टिमको पनि उपस्थिति रहेको थियो। अभिनेत्रीप्रियंका कार्कीसमेत कार्यक्रममा सहभागी थिइन्।

मोटोरोला र चौधरी ग्रुपले चलचित्रमास्टर्नीसँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए। प्रविधि र मनोरञ्जनलाई एउटै कार्यक्रममा जोड्ने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा देशभरकाडिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो।

Nepal Telecome

नयाँMotorola Edge 70 Fusionमा ५० मेगापिक्सेलकोSony-LYT 710 क्यामेरा, moto ai, ७,०००mAhब्याट्री, ६८W TurboPower™ चार्जिङ, १४४Hz को १.५K क्वाड-कर्भ्ड डिस्प्ले तथा ५,२०० निट्ससम्मको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ। फोनमा प्रिमियम फेब्रिक फिनिस र प्यान्टोन™द्वारा छनोट गरिएका आकर्षक रङहरूमा उपलब्ध छन्।
यो स्मार्टफोन२९ अगस्ट २०२६ देखि नेपालभर उपलब्ध हुनेर यसको सुरुआती मूल्य६९ हजार ९९९ रुपैयाँतोकिएको छ।

यस मूल्यमा उपलब्ध फिचरलाई हेर्दा Motorola Edge 70 Fusion आफ्नो श्रेणीका प्रतिस्पर्धी स्मार्टफोनमध्ये आकर्षक विकल्प बन्न सक्ने देखिन्छ। मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत उपलब्ध हुँदै आएको छ भने कम्पनीले बिक्रीसँगैव्यापक वितरण तथा सेवा केन्द्रको सुविधापनि उपलब्ध गराउँदै आएको जनाएको छ।

मास्टर्नीसँगको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रमले नेपालमा स्मार्टफोन सार्वजनिक गर्ने परम्परागत शैलीभन्दा फरक ढंग अपनाएको छ। चलचित्र, मनोरञ्जन र प्रविधिलाई एउटै मञ्चमा ल्याएर गरिएको यो सहकार्यलाई नयाँ अनुभवका रूपमा हेरिएको छ।