काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनक र उल्लासलाई समेटेर नयाँ देउसी–भैलो गीत ‘तिहारै झिलिलि’ सार्वजनिक भएको छ। गायक हेमराज डाँगीको युट्युब च्यानल ‘HEM RAJ DANGI’ मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।
हेमराज डाँगी र अञ्जु विश्वकर्माको स्वर रहेको गीतमा अनिल खनालको शब्द तथा हेमराज डाँगीकै संगीत रहेको छ। गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ पनि हेमराज डाँगीले नै गरेका छन्। महक स्टुडियोमा रेकर्ड गरिएको गीतले तिहारको मौलिक संस्कृति, देउसी–भैलोको परम्परा र पर्वको उल्लासलाई प्रस्तुत गरेको छ।
गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी दिनेश सिंह ठकुरीले गरेका छन् भने सहायक निर्देशन सुभाष गौतमले गरेका हुन्। सरोज ठकुरीको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर संयोजन राजेश कुमारले गरेका छन्।
भिडियोमा लोकेश बीसी, प्रीति गुरुङ, अस्मिता बुढा मगर, पुष्पा सेन्टुरी, आशिष ओली, बादशाह, सुस्मिता खत्री, नारद बीसी, जुनु रिमाल र नागेन्द्र चौलागाईंको अभिनय देख्न सकिन्छ।
तिहारको सांस्कृतिक महत्व र देउसी–भैलोको परम्परालाई संगीत तथा दृश्यका माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको ‘तिहारै झिलिलि’ ले दर्शक तथा श्रोतामाझ तिहारको उत्साह थप्ने अपेक्षा गरिएको छ।


