झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि उनकै घरमा गएर कुटपिट गरिएको छ । झापाको गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ। मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला जापान बसेर आएको खुलेको छ ।

Nepal Telecome

मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गरेका थिए । विवादका क्रममा आफूमाथि हातपात गरेको सुवेदीले बताए । उनले एक्कासि घरमा आएर आफूसँग विवाद गरेको बताए ।