कठमाडौं । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३x३ बास्केटबल प्रतियोगीता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ । दुई दिन चलेको उक्त प्रतियोगीतामा ब्वाइजतर्फ २४ र गल्र्सतर्फ १२ गरि जम्मा ३६ वटा टिमहरूले भाग लिएको थियो ।

बजाज पल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनित हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा समृद्धि स्कुल÷कलेजको समृद्धि गोरिल्लाज बास्केटबल टिमको पनि क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग गर्न तथा कोरोना महामारीको दौरानमा पनि युवाहरू स्वस्थ र सकारात्मक रहनु पर्छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रतियोगीता आयोजना गरिएको हो ।

Nepal Telecome

यस प्रतियोगीताको ब्वाइजमा बि.एम.के. “सी” टिम प्रथम भयो भने उप–बिजेतामा पनि बि.एम.के.कै“बी” टिम रहेको थियो । यस्तै गरी गल्र्समा आयोजक समृद्धि स्कुलको टिम प्रथम भएको थियो भने टिम सबिनाले दोश्रो स्थान हात पार्न सफल भएको थियो । प्रतियोगीताको मोस्ट भ्यालुएबल प्लेयरको उपाधि ब्वाइजतर्फ बि.एम.के. “सी” टिमका सोनम प्रयाग शेर्पा तथा गल्र्सतर्फ समृद्धि स्कुलका प्रेडिका महर्जनले जित्न सफल हुनु भएको थियो । फाइनल खेलको पश्चात विजयी टोलिका खेलाडीहरूलाई समृद्धि स्कुलका सि.ई.ओ तथा प्रिन्सीपल नरेश प्रसाद श्रेष्ठ, नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन सदिना श्रेष्ठलगायत अन्य निर्देशकहरूले पनि मेडल, ट्रफी र प्रमाण पत्र बितरण गर्नुभएको थियो । प्रतियोगीताको सम्पूर्ण संयोजन तथा व्यवस्थापन समृद्धि गोरिल्लाज (सिनियर टिम)ले गरेको थियो ।

समृद्धि स्कुल, त्यहाँका प्रिन्सीपल तथा निर्देशकहरू, समृद्धि गोरिल्लाज महिला बास्केटबल टिमका खेलाडीहरू तथा यस प्रतियोगीताबाट उठेको रकम समेत गरी रु. दुई लाख नगद उक्त अवसरमा क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग स्वरूप प्रदान गरिएको थियो ।

Sanidhya Trophy