News Of Global सोमबार, कार्तिक २४, २०७७

एजेन्सी । कोरोनाभाइरस विरूद्धको पहिलो प्रभावकारी खोपले त्यस्तो खोप लगाएका मध्ये ९० प्रतिशत भन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले यस्तो नतिजा प्राप्त भएपछी ूविज्ञान र मानवताका लागि एक महान दिनू भएको बताएका छन्।

तिनीहरूले तयार पारेका खोप विभिन्न छ देशका ४३ हजार ५०० मानिसमा परिक्षण गरिएको थियो र त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि चिन्ताहरू देखा परेका थिएनन्। ति कम्पनीहरूले यो महिनाको अन्त्यसम्ममा उक्त खोपको प्रयोगका लागि आवश्यक अनुमति आपतकालिन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन्।

हिउँदमा कोरोनाभाइरस ुबढी फैलिने चिन्ताु, विज्ञहरूले सुझाए यस्ता उपाय
दीर्घ कोभिड हुँदा यी ुचार भिन्न समस्या देखिन सक्छन्
चुनौती
अगाडि अझै पनि ठूला चुनौतीहरू बाँकी नै छन् तर यो घोषणालाई वैज्ञानिकहरूले स्वागत गरेका छन्।
केहीले यो खबर सुनेपछी आफू मुस्काएको बताएका छन् भने केहीले आगामी वसन्त ऋतुसम्ममा विश्वको जनजीवन सामान्य भैसक्ने आशा व्यक्त गरेका छन्।
खोप र राम्रो उपचारको व्यवस्था नै आम मानिसहरूको जनजीवनमा उथलपुथल ल्याउने गरी कोरोनाभाइरसको महामारीका कारण लागु विभिन्न प्रतिबन्धहरूबाट पार पाउने उत्तम उपाय हुन् भनिएको छ।
झण्डै एक दर्जनजति खोपहरू फेज ३ भनिने परिक्षणको अन्तिम चरणमा रहेका छन्। तर अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]