काठमाडौं । ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१२, लगनखेलस्थित बसपार्क नजिकबाट सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई मंगलबार नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

Nepal Telecome

जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि उनीहरुले सेवाग्राहीसँग उक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको आयोगको टोलीले उक्त रकम लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको अधिकारीले बताए ।

आयोगका सहायक प्रवक्ता अधिकारीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।