काठमाडौं । गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’मा पल शाह र सहारा राईको अभिनय रहेको छ । केही समय अघि मात्र धरानमा छायाँकन भएको उक्त गीतमा पल, सहारासँगै सृष्टि राईको पनि अभिनय रहेको छ ।
गीतकार अमर वान्तुको शब्दमा रहेको गीतमा गायिका मेलिना राई र गायक सत्यराज आचार्यको आवाजमा रहेको छ । वान्तुको ‘गर्मी भयो धरान’ बोलको गीतमा संगीत दिनेश बान्तवाको रहेको छ।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोमा जनकदिप पराजुलीको निर्देशन रहेको छ। सागर प्रधानले छायाँकन गरेको भिडियोमा मनिता राईको कोरियोग्राफी रहेको छ। भिडियोलाई ध्रुबराज पराजुलीले सम्पादनको जिम्मा लिएका छन् । पल शाह साहारा राई लोहोरुङ र सशी राई लोहोरुङ फिचर्ड छन्। भुमिसा प्रोडक्सनका ज्योतिराज राईका अनुसार भिडियो छिट्टै नै सार्वजनिक हुने तयारीमा छ ।

Nepal Telecome

कवि तथा गीतकार अमर वान्तुका दर्जनौं गीतहरु बजारमा सार्वजनिक भइसकेका छन् । उनले लेखेका गीतहरु शिल्की कपाल, हृदयको आवाज, फूलजस्तै, तिम्रो शहर, हरहर महादेव, जीवनको दौडमा लगायतका गीतहरु बजारमा उपलब्ध छन् । उनको अमर भावना भाग १ र २ गीतिसंग्रह पनि बजारमा आइसकेको छ । कविता लेखनमा पनि अब्बल श्रेणीमा स्थापित गरिसकेका गीतकार तथा कवित अमर वान्तु पछिल्लो समयमा गीति लेखनमा सक्रिय रहेका छन् ।