" /> सञ्चारकर्मी सूर्यको समाजसेवामा सक्रियता – News of Global

News of Global शुक्रबार, जेठ २८, २०७८

काठमाडौं । संचारकर्मीका लागि समाजका विभिन्न तह, तप्का र पेशामा रहेका व्यक्तित्वहरु नै समाचारका स्रोत हुन् । यी सबै व्यक्तीसँग उनीहरुका सम्बन्ध गाँसिएको हुन्छ । तर एक सञ्चारकर्मीले अर्को क्षेत्रमा रहेर सक्रिय बन्नु त्यति सहज छैन । तर सञ्चारकर्ममा सक्रिय रहँदै आएका सञ्चारकर्मी सूर्य चन्द समाजसेवामा पनि उतिकै सक्रिय देखिएका छन् ।

कोरोना भाइरस संक्रमणको लहर बढेसँगै र सरकारले गरेको निशेधाज्ञाका कारण आम जनताको जनजीवन प्रभावित बन्यो । आफू सुरक्षित रहे, परिवार समाज र देश सुरक्षित रहने भन्दै घरभित्रै बस्नु पर्ने बाध्यता आइलाग्यो । सुरक्षित हुने विभिन्न उपाय अवलम्बन गर्दै सबैजसो घर भित्र बसिरहेका बेला सञ्चारकर्मी सुर्य चन्द भने सडकमा निस्किए । उनले लकडाउनको पहिलो लहर (गत वर्ष) देखि नै आफूले घरभित्र सुरक्षित भएर खाइरहँदा भोकै बस्नु पर्ने वर्गलाई सम्झे । त्यसपछि भोको पेटलाई खाना खुवाउने मनमनै सोचे । सुरुमा आफ्नै गोजीको १० हजारबाट राहत सामाग्री वितरण सुरुवात गरे । उनी यतिबेला बरिष्ठ नायक कृष्ण मल्ल अध्यक्ष रहेको नेपाल फिल्म सोसाइटीसँग हातेमालो गर्दै अघि बढेका छन् । त्यस्तै मनका धनी थुप्रै व्यक्तित्वहरुले पनि उनको अभियानलाई साथ दिंदै आएका छन् । नेपालीलाई पर्दा नेपालीले नै गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी एक वर्ष भन्दा लामो समय देखि निरन्तर राहतका सामाग्री बितरण गर्दै आएका छन् ।

समाजसेवी सूर्य चन्द र नेपाल फिल्म सोसाइटीले कोरोनाको दोस्रो लहरकाबीच जनजीवन प्रभावित र अन्य आपतमा परेकाहरुलाई पनि सहयोग गर्दै आएका छन् । यो समयसम्ममा ५०० बढी परिवारलाई सहयोग गरिसकेको चन्दले जानकारी दिए । वितरण गरिएको सामाग्रीहरुमा दाल, चामल, तेल, नुन, बेसार, चिनी, चिउरा, लगायत राखिएको छ । खाद्यान्न सामाग्री मात्र होइन अवस्था अनुसार उनी र उनको टिमले रकम र अन्य स्वास्थ्य सामाग्री पनि वितरण गर्दै आएको छ । दीर्घरोगी, असाहय बिरामीहरुलाई उपचारर्थ सहयोग रकम पनि प्रदान गर्दै आएका छन् । यसै अन्तर्गत दुर्घटनाका कारण जटिल अवस्थामा रहेकी मोडल निशा घिमिरेको उपचारार्थ १५ हजार रुपैयाँ र खाद्यान्न सामाग्री, फोक्सोको बिरामी राकेश योगीलाई ५ हजार, दुबै मृगौला फेल भएका पीडित सुष्मा सुनारलाई ५ हजार सहयोग हस्तान्तरण गरिसकेका छन् । यस्तै कोरोना महामारीमा जनताको सेवामा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूलाई मास्क, सेनिटाईजर र पानी पनि वितरण गरिसकेका छन् । केहि दिन अघि सडकमा खटिएका सुरक्षाकर्मीहरुलाई सञ्चारकर्मी चन्दले गुलावको फूल उपहार दिएको दृश्य पनि हामीले सामाजिक सञ्जालमा देख्न पाएका थियौं । चन्दका अनुसार सुरक्षाकर्मीको हौसला बढाउने उदेश्यले गुलाब उपहार दिइएको हो ।

कोरोनाको महामारी र निषेधाज्ञा अन्त्य नहुँदासम्म आफुहरुको अभियान चलिरहने उनको भनाई छ । ‘दैनिक कमाई गरेर खानु पर्ने व्यक्तिहरु रोग र भोक दुबैको मारमा छन् । यस्तोमा खाद्यान्नको अभावलाई केही सहज बनाउने कोशिस गरेका हौं’, चन्दले भने । आगामी दिनमा सञ्चारकर्म र समाजसेवा दुबै क्षेत्रमा आफ्नो सक्रियता सन्तुलन बनाएर अघि बढ्ने प्रयास गरिरहेको हामीलाई बताए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]