काठमाडौं– रेशम चौधरी रिहाइको माग गर्दै बसेको विरोध धर्ना कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि पुगेका छन्। चौधरीको रिहाइका लागि माइतीघर मण्डलामा बसेको धर्नामै विहीबार पुगेका हुन्।

पहिचान तथा अधिकारको लडाई भएको टिकापुर घटनामा रेशम चौधरीसहितलाई मुद्दा लगाएको भन्दै रिहाइको लागि माइतीघरमा थारु अगुवाहरुले धर्ना दिँदै आएका छन्। दैनिक एक घण्टा धर्ना बस्छन् उनीहरु।

Nepal Telecome

धर्नामै पुगेर गृहमन्त्री थापाले उनीहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। ‘जतिसक्दो छिटो समाधान गर्न सरकार लागिपरेको छ। यसलाई संवाद र वार्ताकै माध्यमबाट हल गर्नुपर्छ,’ गृहमन्त्री थापाले भने।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत पत्र बुझाइसकेको छ।

२०७२ सालमा भएको टिकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकालेहरुलाई रिहाई माग गर्दै आइतबारदेखि धर्ना दिँदै आएका छन्।