" /> जीवन शर्माको संगीत र स्वरमा ‘यही माटोमा’ – News of Global

News of Global आइतबार, चैत्र १३, २०७८

काठमाडौं । प्रगतिवादी साहित्यकार तथा गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई समेटेर देशभक्ति गीत लिएर आएका छन् ।

गीतको बोल रहेको छ– ‘यही माटोमा’ । जनगायक जीवन शर्माले ‘यही माटो’मा स्वरसँगै संगीत भरिदिएका छन् । भिडियो गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने एडिटिङ तुलसी बास्कटोले गरेका छन् । उक्त गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।

कुल ४ मिनेट ४४ सेकेन्डको भिडियोमा नेपालको सुन्दर प्रकृतिक वातावरण, भाषा, संस्कृति, नेपाली समाजमा फैलिएको विकृति, देशको आर्थिक स्थिति रेमिट्यान्समा निर्भरता धन कमाउन गएका युवा लासको बाकसमा फर्कनु पर्ने हृदयविधारक अवस्थालाई प्रष्ट रुपमा चित्रण गरिएको छ ।

गीतले विशेषगरी नेपाली युवाहरु विदेशिनु पर्ने तितो यथार्थलाई मार्मिक ढंगले भनेको छ । बरु देशमै यसको विकल्प खोजी मीठो मसिनो खाएर जिउन गीतले सन्देश दिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]