काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने भएको छ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले वर्तमान सांसद् ढाकाकुमार श्रेष्ठको सांसद् पद निलम्बन गर्दै समानुपातिक सूचीमा नाम रहेका कंसाकारलाई सांसद् बनाउने निर्णय गरेको हो।

Nepal Telecome

श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच भएको रकम लेनदेनको अडियो सार्वजनिक भएपछि उनको समानुपाति सांसद्सहित पार्टीको साधारण सदस्य पदसमेत गुमेको हो।