यदि तपाई/तपाईको नानी ९ देखि १३ वर्ष पुग्नु भएको छ भने उँहाहरुको लागि यो सुवर्ण अवसर हुनसक्छ।
आयोजक कलश ईभेंट प्रा. लिका प्रबन्ध निर्देशक संजय महर्जनका अनुसार हरेक वर्ष आयोजना गर्दै आएको लिटिल मिस एन्जेलको यो चौथो संस्करण हो।

प्रतियोगिताका सहभागीहरुलाई व्यक्तित्व विकास लगायत नेतृत्व, आत्मविश्वास, बाल यौन दुर्व्यवहार बारे सचेतना कक्षा (गुड टचरब्याड टच), ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व जस्ता बिषयमा प्रशिक्षण दिनुका साथै सिर्जनात्मक क्रियाकलापमा प्रतियोगीलाई सहभागी गराईने उनले जानकारी गराए।

Nepal Telecome

आवेदन शुल्क रु ५०० रहेको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेको लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टी-सर्ट प्राप्त गर्नेछन। (व्यावसायिक प्रसिद्ध फोटोग्राफर) द्वारा फोटो सेसन, विभिन्न प्रख्यात व्यक्तित्व, प्रशिक्षक, कलाकारद्वारा प्रशिक्षण दिईनुका साथै तालिम अवधिभर खाजाको व्यवस्ता गरिएको निर्देशक महर्जनले जानकारी गराए।

तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ ।