काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङ विजयी भएका छन् ।
गुरुङले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् ।
नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत पाए । नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरेका छन् । उनी विजयी भएसँगै अब रास्वपाको प्रत्यक्षतर्फ १२५ जना निर्वाचित भएका छन् ।