काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन ग्राम ७७० मिलिग्रामसहित मधुबन नगरपालिका-७ शुक्रबस्ती बस्ने २६ वर्षीय गौरब पुन मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी महम्दपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, कमल गाउँपालिका-६ गुवाबारीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४० मिलिग्रामसहित सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Nepal Telecome

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.११प६०५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी, इनरुवा नगरपालिका ४ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम २१० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय जेम्स राई र सोही उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय सिद्धार्थ चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले लौकहीबाट पकलीतर्फ जाँदै गरेको को ३१प३२५५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक जेम्स र मोटरसाइकलमा सवार सिद्धार्थलाई पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५३० मिलिग्राम सहित सोही नगरपालिका-७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.७६प.१७१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।