" />
लगातारको भारी वर्षाका कारण सेती नदीमा पानीको सतह बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिका– ८, पुल्चोकस्थित नयाँबस्तीमा सेती नदीको बाढी पस्दा ४२ घर डुबानमा परेका छन् ।
मनसुन सक्रिय भएसँगै यस क्षेत्रमा बढी पसेपछि फसेका ४२ घरका १५० जनाभन्दा बढीको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । सेती नदी र सुरौदी खोलाले बस्तीमा पसेर थप क्षति पुर्याउने आशंकामा सो स्थानमा रहेका परिवारको उद्धार गरिएको उनले बताए ।
उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेना खटिएका छन् । शुक्लागण्डकी नगरपालिका–४ र ८ मा पर्ने त्यस क्षेत्रमा ५० भन्दाबढी घर रहेका छन् । त्यस क्षेत्रमा सञ्चालित दर्जनौँ क्रसर उद्योग सञ्चालित रहेकाले सेती नदीको प्राकृतिकस्वरूप बदलियएका कारण नदी वरपरका बस्तीतर्फ बगेर जोखिम बढाएको स्थानीयले बताएका छन् ।