काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर २०० रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४९ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४० रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४१ रुपैयाँ १९ पैसा कायम भएको छ ।
बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।