काठमाडौं । अभिनेता हरि पाण्डे र तनुजा गुरुङको अभिनय रहेको गीतको म्यूजिक भिडियो ‘मनमा आशा’ सार्वजनिक भएको छ । एक कार्यक्रमको आयोजना गरी ‘मनमा आशा’ गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । ‘मनमा आशा’ गीतमा सुरेश लामाको स्वर छ । हरि पाण्डेको शब्द र संन्जय पाण्डेयको संगीत रहेको यस गीतमा संगीत संयोजन भने प्रदीप श्रेष्ठले गरेका छन् ।
‘मनमा आशा’ गीतअनुसार भिडियोलाई पनि कथामा नवीनतम् दिने प्रयास गरिएको अभिनेता पाण्डेले बताए । भिडियोमा हरि र तनुजाको प्रेमिल जोडीलाई पोखराको रमणीय दृश्यहरुमा छायाँकन गरिएको छ । भिडियोको डिओपी र सम्पादनको काम राजेन्द्र पाण्डेले गरेका हुन् भने निर्देशक सन्जय पाण्डे हुन् । भिडियोमा कमल मालपानीको लगानी रहेको छ । भिडियो बेष्ट टोन म्युजिकको युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, अभिनेता रेश मरहठ्ठा, वरिष्ठ गायक ईश्वर गुरुङ, गायिका ज्योति मगर, फिल्म निर्माता माधव वाग्ले लगायतको गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी सचित खड्काले गरेका थिए ।