News Of Global बुधबार, भाद्र १७, २०७७

धनगढी । जिल्ला अदालत कंचनपुरले सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र राना सहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको एकल इजलासले मुद्दामा थुनछेक आदेश गर्दै चोरीका मोटरसाइकल र स्कुटरका नक्कली कागजात बनाई बेचबिखनमा संलग्न कम्प्युटर अपरेटर राना सहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

उक्त मुद्दाका कम्प्युटर अपरेटर सहितका पाँच जना पुर्पक्षका लागि कारागार चलान गरिएको र दश जना धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्याय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए।

उनका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा यातायात कार्यालय कैलालीका कम्प्युटर अपरेटर जितेन्द्र राना, कञ्चनपुरको लालझाँडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्यामकुमार राना, बेदकोट नगरपालिका–६ का हरेन्द्र राना र बेदकोट नगरपालिका(१० का सुवेश राना रहेका छन्।

अन्य दश जना ६० हजार देखि तीन लाखसम्म धरौटीमा रिहा भएका प्रवक्ता थापाले बताए। घटनामा पक्राउ परेका यातायात कार्यालय कैलालीका कार्यालय सहयोगी गणेश भट्टराई भने डेढ लाख धरौटीमा रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गत असार १५ गते १२ थान मोटसाइकल र कैलाली यातायात कार्यालयमा दर्ता देखाइएका १२ थान ब्लुबुक सहित अभियुक्तहरु सार्वजनिक गरेको थियो।

अभियुक्तहरुले चोरीका सवारीसाधनलाई वैध बनाउन विभिन्न सरकारी कागजात किर्ते गर्नुका साथै मोटरसाइकल ग्रामीण बस्तीमा किनबेच गर्दै आएका थिए।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chief Editor

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel