काठमाडौं । मच्छेनारायण मन्दिरमा पुरुषोत्तम मास अर्थात् अधिक मास मेला चलिरहेको छ । किर्तिपुरको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा एक महिना सम्म यो मेला लाग्छ । यस मेलामा काठमाडौं उपत्यकासहित विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्छन् ।

मेला व्यवस्थापन समितीका सदस्य सुरेन्द्र मल्लले १ देखि ३१ गते सम्म सुरू भएको पुरुषोत्तम मास मेलामा अघिल्लो वर्ष भन्दा धेरै मान्छे आएको बताए । उनले यस मेला व्यवस्थापन समितिले हरेक पक्षमा राम्रो व्यवस्थापन गरिरहेका बताए । मेलामा आउनेहरुलाई कुनै समस्या परेमा समितीका सदस्यहरुलाई सम्पर्क गर्न पनि आग्रह गरे ।

उनले भने, ‘यस मेलामा व्यवस्थापन समितिले हरेक चीजमा राम्रो व्यवस्थापन गरिरहेका छ । पण्डित बाजेहरूलाई ठाउँमा राखेर पूजा गराउने, लाइनमा बस्ने र पूजा—आजा देखि लिएर हरेक चीज व्यवस्थापन गरेका छौँ ।’

Nepal Telecome

हामीले धेरै अनुगमन गरेर यो पसलहरूमा अनिवार्य रूपमा पोहोर साल जस्तै यस वर्ष पनि नियमन गरेर मूल्यसूचीहरू अनिवार्य राखेका उनले बताए । यसै मोलामा आएका खैजेनि भजनको उपाध्य भक्त बहादु बानियाँले नारायण थानमा पहिला सृष्टि हुदाँ खेरी नारायणको मुखबाट माछा उत्पति भएको उल्लेख गरे ।