वीरगन्ज । पर्सा प्रहरीले लागु औषध गाँजासहित एक बालकलाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा बारा जिल्लास्थित जितपुर– सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का १४ वर्षीय बालकलाई रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको पहरी चौकी इनर्वाबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटनजिकै सडकमा शंकाष्पद रुपमा हिँडिरहेको बालकले आफ्नो शरीरभित्र कोलो प्लाष्टिकको झोलामा २ किलो गाँजा लुकाई(छिपाई ल्याइरहेको अवस्थामा फेला परेको जिल्ला पहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

Nepal Telecome

अभियुक्तलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो ।