गोर्खा : क्लबका अध्यक्ष सन्देश घिमिरेको नेतृत्वमा सुन्दर वस्ती क्लबले जनचेतना मुलक हाेडिङ्ग बाेर्ड लगाउदै मनायो बाल दिवस । गण्डकी गाउँपालिका ८ घ्यल्चोक गोर्खाको सुन्दरबस्तीमा रहेको सुन्दर बस्ती क्लबले यसपालिको बर्षमा पनि जनचेतना जगाउने उदेश्यले सन्देश मुलक होर्डिङ बोर्ड राखि बाल दिवस मनाएको छ । यस क्लबको अध्यक्ष श्री सन्देश घिमिरेको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ ।

Nepal Telecome

यस क्लबको स्थापना २०७१ सालमा भएको र आज सम्म सामाजिक कार्यमा सक्रिय हुँदै विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको कुरा पनि क्लबका अध्यक्ष श्री सन्देश घिमिरेले बताउनुभयो। बालबालिकाको क्षेत्रमा निरन्तर सक्रिय हुँदै आएको यश क्लबको आफ्नै भबन निर्माणको चरणमा छ । क्लबमा दलित जनजाति बाहुन क्षेत्रीको पुर्ण रुपमा समाबेश गरिएको छ र क्लबको सदस्य हाल सम्म ६० जना रहेको कुरा अध्यक्ष घिमिरेले बताउदै देश भरि छरिएका सम्पूर्ण बालबालिकाहरुलाई बाल दिवसको शुभकामना सगै यश विषम परिस्थितिमा सुरक्षित रहि काम गर्न पनि अनुरोध गरेका छन्।