‘राष्ट्रिय चलचित्र दिवस’को उप्लक्ष्यमा सम्पूर्ण चलचित्रकर्मीहरुको पेशागत हकहितलाइ संस्थागत गराउनु पर्ने तथा कोभिड-१९ ले थला परेको चलचित्र उधोगलाइ पुन: संचालन गर्नु पर्ने माग सहित नेपाल चलचित्र कलाकार संघले प्रेस बिज्ञप्ति जारि गर्दै सम्पूर्ण तह तप्काका चलचित्रकर्मीहरुलाई शुभकामना ब्यक्त गरेको छ। हेर्नुहोस बिज्ञप्ति :

प्रेस बिज्ञप्ति :

नेपाल चलचित्र विकास बोर्ड र संघ संस्थाहरूको पहलमा २०६८ साल असोज १ गतेबाट मनाउन थालिएको ‘राष्ट्रिय चलचित्र दिवस’ प्रत्येक असोज १ गते मनाउदै आईएको छ । नेपालमा चलचित्रको विकास र यसको इतिहासको सम्झना गर्दै मनाईने चलचित्रकर्मीहरुको पर्बको रुपमा मानिएको ‘राष्ट्रिय चलचित्र दिवस’ यस बर्ष बिश्वब्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ को कारणले स्थगित भएको सर्बबिधितै छ।

Nepal Telecome

लकडाउन र निषेधाज्ञाले गर्दा थला परेको चलचित्र उधोगलाइ चलायमान बनाउन हामी सबैले पहल गर्नु पर्ने आबश्यकता रहेको छ। आज असोज १ गते बाट धेरै जसो ब्यापार ब्यबसाय तथा यातायात समेत संचालनमा आएको अबस्थामा चलचित्र क्षेत्र तथा चलचित्रकर्मीहरु संग प्रतक्ष्य सरोकार राख्ने सिनेमा घर देखि छायांकन सम्म भौतिकदुरि र स्वास्थ्यमापदण्ड अपनाएर पुन: संचालन गर्न पाउनु पर्ने माग गर्दै सम्पूर्ण चलचित्रकर्मीको तर्फ बाट नेपाल सरकारलाइ हार्दिक अनुरोध गर्दछौ।

‘राष्ट्रिय चलचित्र दिवस’ को अबसरमा सम्पूर्ण चलचित्रकर्मीहरु लगायत नेपाली चलचित्रहरुलाई माया गर्ने सुभेच्छुकहरुमा शुभकामना ब्यक्त गर्दछौ।

रबिन्द्र खड्का
केन्द्रिय अध्यक्ष
तथा नेपाल चलचित्र कलाकार संघ परिवार