News Of Global बुधबार, आश्विन २१, २०७७

काठमाडौँ – वरिष्ठ कलाकार स्व. श्री प्रेममान चित्रकारद्वारा रचित र वरिष्ठ संगितकार/गायक श्री सुमन कपालीको स्वरमा सजिएको “मखु जिं त्वनागु” बोलमा रहेको नेपालभाषाको गीत स्व. श्री चित्रकारको ४५ औं पुण्य तिथिको दिन उहाँप्रती श्रद्धाञ्जली स्वरुप ज्योती म्युजिकको अफिसियल युट्यब च्यानलबाट सार्बजनिक भएको छ । फिरोज बज्राचार्य र गायक सुरज वीर बज्राचार्यको कम्पोजमा बनेको उक्त गीतको भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गर्नुभएको छ भने क्यामेरा/सम्पादन बिजन बज्राचार्यको रहेको छ ।

नेपालभाषाको अन्य म्युजिक भिडियो भन्दा अलि पृथक शैलीमा साल्सा, आधुनिक र नेवारी नृत्य समावेश गरेर बनाइएको भिडियोमा नृत्य निर्देशन राजिव बज्राचार्यले गर्नुभएको छ । यसैगरी यस म्युजिक भिडियोमा सुरज नापित र बिनिता महर्जनले प्रमुख कलाकारको भुमिका निभाउनु भएको छ भने हसना महर्जन, रुक्साना महर्जन, रमन महर्जन र रोहन महर्जनले सह- कलाकारको भुमिका निभाएका छन् । भिडियो हेर्नुहोस :

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]