बाटोमै सुरक्षित सुत्केरी गराउँदै अनमी हिमा नेपालीले बचाइन् आमा र नवजातको ज्यान

बाजुरा। लगातार वर्षाले हिलाम्मे बनेको बाटोमै सुत्केरी व्यथा बढेपछि एक गर्भवती महिलाको ज्यान जोखिममा परेको थियो। बिहान करिब ५:२० बजे खबर पाउनासाथ नक्राडा आधारभूत स्वास्थ्य केन्द्रकी अनमी हिमा नेपाली घटनास्थल पुगेर स्टेचरमै सुरक्षित सुत्केरी गराउँदै आमा र नवजात शिशु दुवैको ज्यान बचाएकी छन्।

Nepal Telecome

यो घटनाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको चुनौती देखाए पनि अनमी हिमा नेपालीको साहस, समर्पण र सेवाभावको सर्वत्र प्रशंसा भइरहेको छ।