" /> थपियो २ करोड ६९ लाखभन्दा बढी कित्ता नयाँ शेयर – News of Global

News of Global सोमबार, कार्तिक १७, २०७७

काठमाडौं । असोज महिनामा मात्र धितोपत्र दोस्रो बजारमा नौं कम्पनीको २ करोड ६९ लाख ६७ हजार २८८ दशमलव ३३ कित्ता शेयर थपिएको छ । यो महिना दुई नयाँ कम्पनी धितोपत्र दोस्रो बजारमा दर्ता भएको हो । समाज लघुवित्त र जनरल इन्स्योरेन्स कम्पनी नेपाल धितोपत्र दोस्रो बजारमा असोज महिनामा प्रवेश गरेका हुन ।

भदौ १५ गते सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको समाज लघुवित्तको शेयर असोज ८ गते २ लाख कित्ता शेयर धितोपत्र बजारमा सूचीकृत भएको हो । त्यस्तै असोज २० गते सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरेको जनरल इन्स्योरेन्सले असोज २५ गते धितोपत्र बजारमा १ करोड कित्ता शेयर सूचीकृत गराएको हो ।

असोज महिनामा प्रभु बैंकको ऋणपत्र पनि सूचीकृत भएको छ । बैंकले साउनमा विक्री गरेको २० लाख कित्ता ऋणपत्र कारोबार गर्न सक्ने गरी दोस्रो बजारमा असोज ६ गते सूचीकृत गराएको हो । प्रभ बैंकले वार्षिक १० प्रतिशत व्याजदरको ८ वर्षे अवधिको ऋणपत्र विक्री गरेको हो । यो महिना एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयर र अन्य पाँच कम्पनीहरुको बोनस शेयर पनि बजारमा सूचीकृत भएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]