इटालीमा आधिकारिक रुपमा दर्ता भएका संक्रमितको सङ्ख्याभन्दा १० गुणा बढी हुनसक्ने देशको सिभिल प्रोटेक्सन एजेन्सीका प्रमुखले बताएका छन् ।
‘हरेक आधिकारिकरुपमा दर्ता संक्रमितको सङ्ख्यामा त्यहाँ १० जना दर्ता नभएका संक्रमित छन्,’ एन्जेलो बोरेलीले ला रिपब्लिका दैनिकसँग कुराकानी गर्दै भने । उनको कार्यालय पनि उनको भनाइ आधिकारिक भएको प्रतिक्रिया दिएको छ ।
एजेन्सीले लगातार दोस्रो दिन नयाँ संक्रमितको सङ्ख्यामा कमी आएको बताएको छ । तर, केही घण्टापछि यो साँचिक्कै घट्दो दरमा रहेको या नरहेको थाहा हुने बोरेलीले बताएका छन् ।
सीएनएनबाट