" /> अमेरिकामा कोरोना संक्रमित नेपालीको मृत्यु – News Of Global

News Of Global मंगलबार, चैत्र ११, २०७६

न्यूयोर्क । कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।

पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताए ।

१५ वर्षअघि आएका सुब्बा एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्दै आएका थिए।

अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो ।

पाँचथरको रानीगाउँमा जन्मेका सुब्बा १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । भाडाको ट्याक्सी चलाउने उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]