" /> ओली पक्षद्वारा बाग्मती प्रदेश अध्यक्ष दाहाललाई कारवाही, पोखरेललाई जिम्मेवारी – News of Global

News of Global मंगलबार, माघ ०६, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारवाही गरेकोे छ । भक्तपुरमा बाग्मती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको जानकारीअनुसार सो कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहोनीलाई चयन गरिएको एक नेताले जानकारी दिए ।

त्यसैगरी ओली पक्षले प्रदेशका जिल्ला अध्यक्षहरु समेत चयन गरेको छ । जिल्ला अध्यक्ष चयन भएकाहरुमा क्रमशः काभ्रेमा अशोक व्यान्जु, रामेछापमा आनन्द श्रेष्ठ, धादिङ्गमा भूमि त्रिपाठी, मकवानपुरमा एकलाल श्रेष्ठ, सिन्धुलीमा प्रदिप कट्वाल रहेका छन् ।

त्यस्तै बैठकले माघ २३ गते पार्टीले काठमाडौंमा विशाल जनसभा गर्ने र सो कार्यक्रमका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा ११११ जनाको कमिटी घोषणा गरेको छ । सो बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब पार्टी निर्माणको लागि जनताको बीचमा जानुपर्ने बताएका छन् ।

उनले भने– ‘विगतमा पार्टीमा देखिएको अराजक अवस्थालाई पुनरावलोकन गर्दै जानुको विकल्प छैन ।’ पार्टीको एक कार्यकारी पदमा दुई पटकभन्दा बढी र ७० वर्ष कटेपछि बस्न नपाउने विधानको व्यवस्थालाई एकता पछि हटाइनु राम्रो नभएको उनको भनाई छ । कम्युनिष्ट आन्दोलन र पार्टी निर्माणको कामलाई अगाडी लैजाने ऐतिहासिक क्षण आइपुगेको बताउँदै उनले यसका लागि जुट्न सबैलाई आग्रह गरे । कार्यक्रममा नेताहरु आनन्द पोखरेल, महेश बस्नेत, वचन देउजालगायतले एक ढिक्का भएर पार्टी निर्माण लाग्न सबैलाई आग्रह गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]