" /> विवाह सम्बन्धी ५ गीतको एल्बम विनिताको ‘लगनगाँठो’ – News of Global

News of Global सोमबार, मंसिर ०८, २०७७

काठमाडौं । गीतकार विनिता खनालले बिबाह सम्बन्धी ५ गीत समावेश भएको गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक भएको छ । यो एल्बममा ‘आयो है आयो (मेहेन्दी गीत), धुतुरी धुतुरी बाजा बजाई (जन्ती गीत), दौरा सुरुवाल चिटिक्कै (रत्यौली गीत), विदाइ गर्न छोरी तिमीलाई (दुलही अन्माउने गीत) र छमछम पाउजु (रिसेप्सन गीत) समावेश गरिएको छ ।

यो एल्बममा किरण कँडेलको संगीत छ । ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, धुतुरी धुतुरी बाजा बजाईमा मेलिना राई र श्रीवास्तव खरेल, दौरा सुरुवाल चिटिक्कैमा मिना निरौला, बिदाइ गर्न छोरी तिमीलाईमा बानिका प्रधान र छमछम पाउजुमा निकिता थापा र प्रताप दासको स्वर छ ।
कार्यक्रममा एल्बममा समावेश पाँचैै गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । विवाहका पाँच गीतमध्ये ‘मेहेन्दी’ गीत युटुबमा सार्वजनिक गरिएको छ । पाँचै वटा भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

पाँचवटै विवाहका गीतमा विजु पार्की र रेश्मा घिमिरे दुलहा र दुलहीको भूमिकामा छन् । भिडियोमा अभिषेक श्रेष्ठ, शर्मिला मल्ल, शिशिर राणा लगायतको अभिनय पनि हेर्न सकिन्छ । भिडियोमा उत्सव दाहाल र उत्तम हुमागाँइको छायांकन, विकास दाहालको सम्पादन छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]