" /> उद्योग वाणिज्य महासंघमा सूर्य मगरको उम्मेदवारी – News of Global

News of Global बुधबार, मंसिर १०, २०७७

काठमाडौं । नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगरले नेपाल उद्योग वाणिज्य महासङ्घकको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । संगीत उद्योग संघका अध्यक्ष मगरले चन्द्र ढकालको प्यानलबाट सङ्गीत क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उउम्मेदवारी दिएका हुन् । लामो समयदेखि चन्द्र ढकालको टिममा रहेर विभिन्न क्षेत्रमा सहकार्य गरेको र टिमलाई नै नजिकबाट नियालेकोले सोही समूहलाई नै साथ दिने उनले बताए ।
त्यस्तै संगीत क्षेत्रको कमी कमजोरी र उद्योगको रुपमा मान्यता स्थापित गर्नका लागि महासङ्घको कार्यसमिति सदस्यमा विजयी भएमा त्यस्ता समस्याहरुलाई निराकरण गर्न अझ सहज हुने उनको भनाई रहेको छ ।


अध्यक्ष मगरको उम्मेदवारी नेपाल सङ्गीत उद्योग सङ्घका पूर्व अध्यक्ष भगवान कुमार श्रेष्ठ, वर्तमान महासचिव खगेन्द्र कुमार लिम्बू, कोषाध्यक्ष मेघराज मगराती, सङ्गीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मलराज ढकाल र प्रस्तोता समाज नेपालका निर्वतमान अध्यक्ष तुलसी पराजुली लगायतका व्यक्तिहरुको उपस्थिती सहितको समर्थन रहेको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]