" /> बिपिनको ‘खास लाग्न थाल्यौ’ मा सरिता र बिशालको जम्यो जोडी – News Of Global
बिपिनको ‘खास लाग्न थाल्यौ’ मा सरिता र बिशालको जम्यो जोडी

गायक तथा संगीतकार बिपिनको घिमिरेको ‘खास लाग्न थाल्यौ’ को भिडियो सार्वजनिक

News Of Global शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं । गायक तथा संगीतकार बिपिनको घिमिरेको नयाँ गीत ‘खास लाग्न थाल्यौ’को भिडियो सार्वजनिक भएको छ । साम्बी इन्टरटेन्मेन्ट च्यानलबाट रिलिज गरिएको गीतमा बिपिन स्यमंकै स्वर तथा संगीत रहेको छ । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् । गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ । यसलाई शम्भुकुमार तन्डुकारले मिक्सिङ गरेका हुन् ।

भिडियोमा नायकको रुपमा अभिनेता विशाल पोखरेल प्रस्तुत भएका छन् । यस्तै नायिका र गायिकाको परिचय बनाएकी सरिता भारती छिन् ।डेढ दर्जन भिडियोमा मोडलिङ गरिसकेकी गायिका भारती पनि संगीतकार तथा गायक विपिन घिमिरेबाटै प्रशिक्षित हुन् । आफ्नो गुरुको गीतमा मोडलिङ गर्न पाउँदा खुसी लागेको उनले बताएकी छिन् ।

एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ । भिडियोमा रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रंग संयोजन रहेको छ । गीत र भिडियोले दर्शकको मन जित्नेमा गायक बिपिन आशाबादी छन् । गीतको भडियोलाई गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]