सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा मंगलबार राति करिब १०ः३० बजे परेको चट्याङका कारण उक्त घटना भएको हो ।
प्रहरीका अनुसार करिब ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै मृत्यु भएको हो । उनको शरीरमा बाह्य चोटपटक खासै नदेखिए पनि चट्याङको प्रभावले ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनामा उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् । उनलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको र हाल अवस्था मध्यम रहेको बताइएको छ ।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । चट्याङसँग सम्बन्धित घटनाहरू बढ्दै गएको भन्दै सतर्क रहन स्थानीयवासी लाई अनुरोध गरिएको छ ।