News Of Global आइतबार, मंसिर १४, २०७७

टनेल भित्र गरिने खेतीको इतिहासलाई कोट्याउँदा प्राचिन रोमन समयमा माइकाको पातलो च्यादरले छोपेर विरुवाहरू खाल्डोमा रोपेको पाइन्छ । सन् १३८५ मा फान्समा सीसाघरमा खेती गरिएको थियो । १९ औं शताब्दीमा युरोपमा ग्रीन हाउसमा खेती गरिन्थ्यो । हाल इजरायलको प्रविधि संसारमै अति नै उच्च मानिएको छ । नेपालमा २०३५÷३६ साल तिर एफएओले प्लास्टिक टनेलको सुरुवात गरेको पाइन्छ ।
प्लास्टिक घर व्यवस्थापन
 प्लास्टिक घरको बिचमा ५०—७५ से.मी को बाटो लम्बाईको समानान्तर हुने गरी राख्ने ।
 धुलो मैलो जमेर प्रकाश कम हुने हँुदा प्लास्टिक घरको सरसफाइ गर्ने ।
 गर्मीको मौसममा हप्ताको १ पटक र जाडोमा १५ दिनको फरकमा वर्षे पानी संकलन गरी वा थोपा सिंचाई विधि वा फोहोरा विधि वा पाईप प्रयोग गरी सिंचाइकोव्यवस्था गर्ने ।

प्लास्टिक घरको फाइदाहरू
 प्लस्टिकले प्रतिकुल वातावरणबाट बचाउँछ ।
 बाली लिने समय मिलाउन सकिन्छ ।
 रोग कीराहरूबाट विरुवा बचाउन र विषादी कम प्रयोग हुन्छ ।
 पानीको सदुपयोग हुन्छ ।
 बालीको आयु बढी हुन्छ ।
 उत्पादकत्व ३ देखि ५ गुणा बढी भई आम्दानी धेरै हुन्छ ।

प्लास्टिक घरको निर्माण सामग्री खम्बाका लागि पाकेको तारुका बाँस, भाँटाको लागि तामा बाँस, बलोका लागि तामा वा तारुका बाँस वा उपलव्ध हुन सक्ने वाँस, भाँटा बाँध्न प्लास्टिकको डोरी, कीला, ५०० गेजको पूर्ण पारदर्शी प्लास्टिक, प्लास्टिक जोड्न वा गास्न टेपको समेत प्रयोग गरिन्छ ।

प्लास्टिकको घर कस्तो हुनुपर्छ ?
दुई पाखे छानाको ढलान स्लोप प्रसस्त भएको र घरको उचाई क्षेत्र अनुसार हुनुपर्छ, प्लास्टिकको घर ज्यादै भिरालो ठाउँमा, वर्षादमा पानी पस्ने र पानी जम्ने, धेरै हुरी बतास लाग्ने ठाउँमा हुनु हँुदैन । छहारी भएको ओझेल पर्ने स्थानमा हुनुहँुदैन । घर पनि धेरै लामो हुनु हँुदैन भएमा बिचको तापक्रम बढी हुने हुन्छ । प्लास्टिकको घरको वरीपरी कुलेसो काट्नु पर्दछ । एक घरबाट अर्को घर ५० से मी को फरकमा हुनुपर्छ । घरभित्र ७५ सेमीको बाटोको व्यवस्था हुनु पर्दछ । तापक्रम हेर्न घरभित्र थर्मोमिटर राख्नु पर्दछ ।

प्लास्टिक घरमा गोलभेडा खेती गर्न निम्न व्यवस्था हुनु पर्दछ हावापानी ः
 जमिनको वनावट अनुसार पहाड, खाेंच, बेसी (५००मि. देखि २५०० मि.) सम्मको हावापानी भएको जग्गामा टमाटर खेती राम्रो हुन्छ ।
 रातको तापक्रम कम्तिमा १३ डिग्री तथा बढिमा तापक्रम २० डिग्री भन्दा हुनुहुँदैन ।
 उपयुक्त तापक्रम भनेदिनको २०—२५ डिग्री से. र रातको १५—२० डिग्री से. हो ।

प्लास्टिकको घरमा माटो प्रसस्त प्राङ्गारीक पदार्थ भएको मलिलो, पानीको निकासको व्यवस्था राम्रोभएको, राम्रोसंग हावा खेल्न सक्ने दुमट माटो गोलभेंडा खेतीको लागि सबैभन्दा उपयुक्त मानिन्छ । पि.एच. ५.५ देखि ६.५ सम्म भएको माटोमा खेती राम्रो संग हुन्छ । कडा र चिम्टाइलो माटो भएमा बालुवा गोवर मल प्रांगारीक पदार्थ आदि मिलाई २०— ४० से.मि. माटो राम्रो दुमट बनाउनु पर्दछ ।
माटोको उपचार
माटोमा कम्पोस्ट मल मिसाई कम्तीमा १ वित्ता गहिराई सम्म सिंचाई गरी प्लास्टिकले १—२ महिना सम्म छोप्ने अथवा फर्मालिन १ मि.ली. प्रति १० लिटर पानीमा घोली माटो भिजाउने र प्लास्टिकले १५ दिन छोप्ने अथवा माटोमा यति बेलानै १ ग्राम बेभिष्टिन प्रति १ लिटर पानीमा घोली माटोको उपचार गर्नु पर्छ ।

विउ दर
गुणस्तरिय र भरपर्दो बिउ भएन भने उत्पादनमा ह्रास आँउछ । त्यसैले विउ छनौट गर्दा गुणस्तरिय र भरपर्दो श्रोतमा विशेष ध्यान दिनु पर्दछ । गुणस्तरिय भर पर्दो विउ भएन भने उत्पादनमा ह्रास आउँछ । उन्नत प्रविधि अपनाई आवश्यकता अनुसार सम्पूर्ण सामग्रीका साथै आवश्यकता अनुसार कृषि विशेषज्ञद्वारा सुपरिवेक्षण गरि उत्पादन गरेको प्रयोग गरिएमा उत्पादन तथा उत्पादकत्व वढाउन सकिन्छ । सामान्यतया प्रति रोपनी १०—१५ ग्राम विउ लाग्दछ ।

जातहरू
 अग्लो हुने वर्णशंकर जातहरूमा सृजना (८०—१०० ग्राम को फल)
 होचो हुने वर्णशंकर जातहरूमा विशेष, दक्ष (७०—९० ग्राम को फल)
 सी एल एन ११३१ (२५—३०ग्राम को फल)
 सी एल एन २०२६ सि र डि (६५—८० ग्राम को फल)

गोलभेंडाको नर्सरी व्यवस्थापन र बिउ रोप्ने समय
 प्लास्टिकको घर भित्र पनि गोलभेंडाको नर्सरी राख्न सकिन्छ अथवा प्लाष्टिकको घर भित्रको जस्तै गरि बाहिर खुलाठाउँमा पनि माटोको उपचार गर्नु पर्छ । बाहिर खुलाठाउँमा सामान्यतया तल्लो तथा मध्य पहाडी क्षेत्रहरूमा पुष— माघ देखि फाल्गुण र आषाढ देखि श्रावणको शुरुतिर टमाटरको नर्सरीमा बिउ छर्न उपयुक्त हुन्छ । जग्गा तयार गर्ने, बाली लगाउने ठाउँमा गोवर मल, तोरीको पिना बायोजाइम मल्टिप्लेक्स आदि प्रयोग गर्नु पर्छ ।
 बाहिर खुलाठाउँमा व्याडको चौडाई भन्दा डेढी लामो वाँस वा निगालोको डण्डी बनाई अर्धचन्द्राकार डयाङ्गको किनारामा गाडी प्लास्टीकले छोप्नु पर्दछ । नर्सरी १ मी × २ मी × १५ से मी साइजको १०×३ से मी दुरीको फरकमा सानो छेस्काले २ से मी गहिरो धर्साहरू बनाउँनु पर्दछ ।
 वालुवा फुको माटो वा खरानीले पुर्नु पर्दछ । व्याडलाई पराल वा सुकेको खरलेछोपी हजारीबाट पानी दिनु पर्दछ । बिउ उम्रनासाथ छापो हटाउने, व्याडलाई निरन्तर चिसो राख्ने तर पानी जम्न दिनु हँुदैन । जाडो मौसममा टनेलको प्लाष्टिक नहटाउनेर बर्षादको मौसममा छानोको प्लाष्टिक बाहेक दिनको र चर्काे घाम र बढि तापक्रम भएको बेलामा वरिपरिको प्लाष्टिक खोल्ने ।
 वेर्ना ४–५ पाते भएपछि फेरि युरिया २% ले.पानीमा मिसाई वेर्नामा स्प्रे गर्ने ।

बाली लगाउने समय बाहिर खुलाठाउँमा बेमौसमी गोलभेंडा लगाउने समय तल्लो तथा मध्य पहाडी क्षेत्रहरूमा फाल्गुण देखि चैत्र र आषाढ देखि श्रावण महिनामा बेर्ना सार्न सकिन्छ ।

जग्गा तयारी तथा लगाउने तरीका ः
 बाहिर खुलाठाउँमा जमिन तिन चार पटक जोतेर वा खनेर झारपात हटाएर र आवश्यक ठाउँबाट पानी तर्काउने कुलेशो बनाई पानी नजम्ने ब्यवस्था मिलाउनुपर्दछ । सामान्यतया गोलभेंडा खेतीकालागि ४० डोको वा २०००के.जी कम्पोष्ट वा गोठे मल प्रति रोपनी प्रयोग गर्नु पर्दछ । कम उर्बराशक्ति भएको माटोमा प्रांगारिक तथा सूक्ष्म जैविक मलको मात्रा बढाउनु पर्दछ ।
 बाहिर खुलाठाउँमा होचो हुने जातको लागि १२० से मी साइजको प्लटमा २० से मी उचाईमा २ हार बेर्ना ६० से.मी को दुरीमा रोप्ने ।
 बाहिर खुलाठाउँमा अग्लोहुने जातकोलागि १४० से मी साइजको प्लटमा २० से मी उचाईमा २ हार बेर्ना ६० से.मी को दुरीमा रोप्ने । प्रत्येक प्लट पछि वाटेकोलागी ४०÷५० से.मि. खाली ठाउँ छोडनु पर्दछ । प्लास्टिकको घर भित्र भने १÷१ मि हारमा बेर्ना १मी को दुरीमा रोप्ने ।

तालिम र काँटछाँट
 होचो बोट हुने गोलभेंडामा सुरुमा आएका १ फिट उचाई सम्मका मुनाहरूलाई हटाउने र १ मि.अग्लो टेका दिने ।
 अग्लो बोट हुने गोलभेंडामा २ मि.अग्लो टेका २—२ मि.को फरकमा गाड्ने र तल्लो भाटा वा डोरी जमिनको सतह भन्दा १५० से.मि. माथी र दोस्रो भाटा वा डोरी जमिनको सतह भन्दा २ मि. माथी दिने ।
 अग्लो बोट हुने गोलभेंडामा सुरुदेखि मुख्य काण्डमा ४५से.मी उचाई सम्मका मुनाहरूलाई हटाउने । त्यस पछि २ वटा मुना राखि भाटोको दुबै तर्फ पठाउने र मुख्य काण्डलाई माथि जान दिने । बोट बढ्दै गएपछि तल्लो भागका पहँेला पातहरू हटाई दिनु पर्दछ ।

सिँचाई बाहिर खुलाठाउँमा र पाखो बारीमा बर्षायाममा गोलभेंडा खेती गरिएको छ भने सिंचाईको आवश्यकता पर्दैन तर माटोमा चिस्यानको मात्रा कम छ भने सिंचाई दिन जरुरी हुन्छ । प्लास्टिक घर भित्र पनि आवश्यकता हेरी सिंचाई गर्नु पर्दछ । यसको लागि हाल बजारमा उपलब्ध थोपा सिंचाइ प्रयोग गर्दा बेस हुन्छ ।

गोलभेंडामा झार नियन्त्रण
 झारको प्रकोप हेरी २— ३ पटक सम्म झार उखेल्नु पर्दछ ।
 गोलभेंडाकोवेर्ना सारेको २०—२५दिनमा र ४०—४५दिनमा गोडमेल गर्ने र गोडमेल गर्दा हल्का उकेरा दिन जरुरी हुन्छ ।
 गोड मेलको दुबै समयमा र प्रत्येक पटक फल टिप्दा सिफारिस अनुसार मलखाद दिनुपर्दछ ।
 बाहिर खुलाठाउँमा गोलभेंडा ले पानी जमेको सहन सक्दैन, २० से.मी. उच्च डयाङ्उठाई जात अनुसार एक डेढ मिटर चौडा प्लटमा गोलभेंडा लगाई निकासको राम्रो व्यबस्था मिलाउन सकिन्छ ।

मलखाद
बाहिर खुलाठाउँमा डयाङ्बनाइसकेपछि बेर्ना रोप्नु भन्दा ७ दिन अगावै तपसिलका मलखाद डयाङ्मा छरि माटो भित्र पुर्नुर्पदछ । डयाङ्को माथिल्लोसतहमा देखिनु हुदैन । मलखादको मात्रा २,००० के.जी गोवर मल अन्तिम जोताईमा रासायनिक मल ना. पm.पो.१०ः १०ः ७.५ केजि प्रति रोपनी वा गेडा मल (डिएपि)२० के.जी पोटास ११ के.जी साथै जिंकसल्पmेट १ के.जी बोरेक्स तत्व १ के.जी प्रति रोपनि प्रयोग गरी माटोमा मिलाउनु पर्दछ ।
 गोठे मल प्रति बोट ३—५ के.जी पर्ने गरी राख्ने ।
 गेडा मल (डिएपि) प्रति बोट २५ ग्राम पर्ने गरी राख्ने ।
 पोटास प्रति बोट १० ग्राम पर्ने गरी राख्ने ।
 वायोजाइम, जिङ्गक सल्फेट बोरेक्स प्रति बोट १.५ ग्राम पर्ने गरी राख्ने ।
 बेर्ना रोपेको २० —२५ दिन भित्र पहिलो पटक तपसिलका मल दिनु पर्दछ र
 गोठे मोल प्रति बोट ३ केजि पर्ने गरी राख्ने ।
 गेडा मल (डिएपि) प्रति बोट १० ग्राम पर्ने गरी राख्ने ।
 पोटास प्रति बोट १० ग्राम पर्ने गरी राख्ने ।
 युरीया प्रति बोट १० ग्राम पर्ने गरी राख्ने ।
 बोरेक्स प्रति रोपनी ७०० ग्राम पर्ने गरी राख्ने ।
 जिङ्गक सल्फेट प्रति रोपनी ७०० ग्राम पर्ने गरी राख्ने ।
 वायोजाइम प्रति रोपनी १ केजि पर्ने गरी राख्ने ।
 प्रत्येक पटक फल टिप्दा सिफारिस अनुसार प्रति रोपनी ४ केजि युरीया मल बेलुकी पख राख्नु पर्दछ

गोलभेंडा तरकारीको उत्पादन र वजार
 साधारणतया वैशाख भित्र रोपिएका गोलभेंडामा ५५–६० दिन देखि पहिलो फल टिप्न लायक हुन्छ । व्यवसायीक रूपमा रोपेको गोलभेंडामा ८०–११५ दिन सम्म फल पाक्न मध्य हुन्छ । विगतका केहि वर्षको आकडा हेर्दा अषाढको २० देखि म‘सिरसम्म राम्रो भाउ प्राप्त गर्न सकिन्छ ।
 टाढाको वजार पु¥याउनु छ भने २५% पहँेला हुँदा टिप्ने, नजिकको वजार भए ५०% पहेँला हुँदा र गर्मी समयमा वजार ज्यादै नजिक भए पुरै फल रातो भएपछि टिप्ने ।

भिडियो सम्बन्धी केही जानकारी भए कमेन्ट बक्समा लेख्नुहोला । यी र यस्तै भिडियोहरु हेर्नका लागि ग्लोबल न्यूज लाइभ यूट्यूब च्यानललाई सस्क्राइब गर्न नभुल्नुहोला । भिडियो मन परे लाइक, कमेन्ट र सेयर गरिदिनुहोला ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]