" /> म मन्दिर हुँ मायाको कसैले तोडेर के भो – जानकी पन्त – News of Global

News of Global सोमबार, मंसिर १५, २०७७

म मन्दिर हुँ मायाको कसैले तोडेर के भो?
म एक्लै छु यो भिडमा कसैले छोडेर के भो?

म मुहान हुँ मायाको एक बाँध टुटेर के भो?
म पुजारी हुँ मायाको एक पुजा रुकेर के भो?

म तृप्ति हुँ आफ्नै तृष्णाको केहि पल तड्पेर के भो?
म उमंग हुँ आफ्नै मनको केहि रहर रुझेर के भो?

म सागर हुँ मायाको केहि जहर पिएर के भो?
म अनुरागी आफ्नै हृदयको फेरी यो मन दुखेर के भो?

म उपहार हुँ आफैमा कसैले नअपनाएर के भो?
म नजिग छु आफूमा अरु ट़ाढीएर के भो?

म आवाज हुँ आफ्नै आत्माको फेरि अरु नबोलेर के भो?
म आकाश हुँ आफ्नै भावनाको केहि भाव भुइमा गिरेर के भो?

म बादल हुँ आसुको सागरको केहि बुद् भुइमा झरेर के भो?
म महल हुँ सुन्दर कल्पनाको केहि सपना बिग्रेर के भो?

म किरण हुँ आफ्नै खुशीको केहि दुख जीबनमा झेलेर के भो?
म धर्ती हुँ धैर्यताको थोरै साहास जीबनमा टुटेर के भो?

म भरोशा हुँ आत्मबिश्वासको केहि आश जीबनमा मरेर के भो?
म प्रकाश हुँ आफ्नै आत्माको केहि दीप जीबनमा निभेर के भो?

म मन्दिर हुँ मायाको कसैले तोडेर के भो?
म एक्लै छु यो भिडमा कसैले छोडेर के भो?

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]