News Of Global बुधबार, मंसिर १७, २०७७

काठमाडौं । गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘झन् झन् माया बढ्यो’ को भिडियो सार्वजनिक गरिएको छ। संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ। गायक तथा साहित्यकारको परिचयबाट यस क्षेत्रमा स्थापित सुनिल मास्के पछिल्लो समयका ब्यस्त संगीतकार हुन्।

लामो समय देखि बेल्जियममा बस्दै आएका गायक तथा समाज सेवी नारायण धिताल डेढ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन्। यस अघि धितालका थुप्रै गीत सार्वजनिक भई सकेका छन्। धितालले तिन वटा सोलो एल्बम सार्वजनिक गरि सकेका छन्। सार्वजनिक भिडियोमा संचारकर्मी,गीतकार तथा मोडल नरेश भट्टराई र एलिजा गौतमको अभिनय रहेको छ। एलिजा गौतमले छोटो समयमा नै एक दर्जन भन्दा धेरै भिडियोमा अभिनय गरि सकेकी छन्। उनले पछिल्लो समय चलेका प्राय सबै मोडलहरु संग भिडियोमा स्क्रीन शेयर गरि सकेकी छन्।

भिडियोलाई युबराज वाइवाले निर्देशन गरेका हुन्। युवराज वाइवा भिडियो निर्देशनमा पछिल्लो समय व्यस्त निर्देशक हुन्, उनले तिन सय पचास भन्दा धेरै भिडियोको निर्देशन गरि सकेका छन्। निसाल पौडेलले छायाँकन गरेको भिडियो लाइ बिकाश दाहालले सम्पादन गरेका छन्।

भिडियो सार्वजनिक कार्यक्रममा संचारकर्मी,गीतकार तथा मोडल नरेश भट्टराई,एलिजा गौतम,भिडियो निर्देशक युवराज वाइवा, निर्देशक मिलन चाम्स, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, एसपी प्रेम कुमार श्रेष्ठ, निर्माता ज्योतिराज राई, मिस नेपाल सुगारिका केसी लगायत बाक्लो संचारकर्मीको उपस्थिति रहेको थियो। भिडियो गायकको आफ्नै च्यानल यु ट्युब च्यानल ‘खुसीको पल’ मार्फत सार्वजनिक गरिएको छ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]