एजेन्सी । फ्रान्सको मन्त्रीपरिषद्ले ‘कट्टरपन्थी इस्लामिक गतिविधि’ रोक्न सक्षम हुने ठानिएको एक कानुनलाई स्वीकृति दिएको छ। हालैका दिनहरूमा फ्रान्समा मुसलमान अतिवादी आक्रमणहरू बढेपछि उसले यो कदम उठाएको हो।

कानुनको मस्यौदामा इस्लामिक कट्टरवाद र द्वेश फैलाउने अभिव्यक्तिमाथि लगाम लगाउने लगायतका व्यवस्था छन्।

Nepal Telecome

आलोचकहरूले यो नयाँ कानुन धर्मविरोधी भएको आरोप लगाउँदै आएका छन्। आलोचना गरिएपनि फ्रान्सका प्रधानमन्त्रीले यसलाई ‘संरक्षण दिने कानुन’का भएको बताएका छन्। कानुनले मुसलमान अतिवादीको चंगुलबाट बचाउने उनको दाबी छ। उनले कानुनको बचाउ गर्दै ुकुनै धर्मप्रति त्यसमा पनि मुसलमानको विरूद्ध विल्कुलै नभएकोु बताएका छन्।

के छ कानुनमा ?

कानुनमा सामाजिक संजालमा हुने घृणायूक्त अभिव्यक्तिमाथि लगाम लगाउने प्रावधानहरू राखिएका छन्। यसका अलावा गलत मनशायका साथ इन्टरनेटमा अन्य व्यक्तिको व्यक्तिगत जानकारीको गलत प्रयोगमाथि प्रतिबन्ध लगाइने उल्लेख छ।

फ्रान्सको यो नयाँ कानुनलाई स्यामुअल प्याटीको हत्यापछिको प्रतिक्रियाका रूपमा हेरिएको छ। पेसाले शिक्षक रहेका ४७ वर्षका स्यामुअल प्याटीको एक विद्यार्थीले पैगम्बर मोहम्दको कार्टुन देखाएको भन्दै हत्या गरेका थिए।

घटनाको जाँचमा उनका विरूद्ध अनलाइन अभियान चलाइएको खुलासा भएको थियो। कानुन अनुसार अतिवादी इस्लामी विचारलाई बढावा दिन लुकिछिपी संचालन गरिएका स्कूलमाथि पनि प्रतिबन्ध लगाइनेछ। यसका अलावा अन्य कयौं नियन्त्रणकारी नियमहरू यस कानुनमा समावेश गरिएको छ।

कानुनमा वहुविवाह गर्नेलाई आवास सुविधा नदिने प्रावधान राखिएको छ भने युवतीहरूको कौमार्य जाँच गर्ने चिकित्सकलाई जरिमाना गरिने व्यवस्था गरिएको छ। यस्तै इस्लामी संगठनहरूको आर्थिक पारदर्शिता तथा धार्मिक पोशाक प्रतिबन्धमाथि पनि यस कानुनले नियन्त्रण गर्नेछ।