" />
काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् ।
२८ मंसिरमा बसेको स्थायी कमिटीको बैठकलगत्तै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए । ओलीले स्थायी कमिटी बैठक लगतै गुरुङलाई बोलाएर तपाईंले प्रमुख सचेतकबाट राजीनामा दिनुस् भनेको बालुवाटार निकट स्रोतले बताएको छ ।
जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेका थिए । ओलीले भने दलको नेता आफूविरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताएका छन् ।
गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वाभाविक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन् । तर प्रचण्डले त्यसको प्रतिवाद गरेका छन् ।
पार्टीमा छलफल गर्नुको साटो संवैधानिक परिषद्को बैठक बोलाउने, गुरुङलाई हटाउने जस्ता प्रयास गरेको उनले उनले असन्तुष्टि जनाएको नेकपा स्रोतले जनाएको छ ।