" /> युट्युव ट्रेण्डिङमा चढ्दै ‘सिमल छायाँले’ – News of Global
युट्युव ट्रेण्डिङमा चढ्दै ‘सिमल छायाँले’

टिकटकमा समेत लोकप्रिय ‘सिमल छायाँले’

News of Global सोमबार, मंसिर ०८, २०७७

काठमाडौं । पछिल्लो समय युट्युवमा अपलोड भएका गीतहरुमा ‘सिमल छायाँले’ बोलको गीत निकै चर्चामा रहेको छ । लोकप्रिय गायिका सम्झना भण्डारी र गायक रामजी खाँणको कर्णप्रिय स्वरले सजिएको गीतमा नेत्र अर्यालको मिठो शब्द तथा संगीत रहेको छ । नोभेम्भर १८ मा अपलोड भएको गीतले भोलीपल्टै ट्रेण्डिङको यात्रा शुरु गरेको थियो । त्यसपछि क्रमश उक्लँदो क्रममा छ । ४९ औं स्थानबाट शुरु भएको ट्रेण्डिङ यात्रा यतिबेला यो समाचार तयार पारिरहँदा १० औं स्थान सम्म आइपुग्न सफल भएको छ । गीतको भिउजको रफ्तारले अझ अगाडि बढ्ने संकेत देखाएको छ ।

ट्रेण्डिङमा मात्र पर्न सफल नभई गीतले सकारात्मक कमेन्ट समेत बटुल्न सफल भएको छ । गीतको अडियो र भिडियो दुबै राम्रो बनेको छ । त्यस्तै गीत टिकटकमा समेत लोकप्रिय बनिरहेको छ ।

भिडियो

गीतलाई निर्देशक स्मृती तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने, प्रकाश धमलाले सम्पादन गरेका हुन् । शुरेस श्रेष्ठले छायांकन गरेको भिडियोलाई आशिष मयुजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

भिडियो

 

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]