" /> कोरोनाग्रस्त बनेको पर्यटन क्षेत्र र नयाँ वर्ष २०२१ – News of Global

दिपेश अधिकारी शनिबार, पौष १८, २०७७

कोरोना महामारीले विश्वलाई नै प्रभावित बनायो । त्यसैले पर्यटन क्षेत्र पनि यसबाट अछुतो रहन सकेन । पर्यटन पेशाबाटै राम्रो आम्दानी गर्दै आएकादेखि होटल व्यवसाय गर्ने श्रमिक तथा व्यवसायीहरुलाई कोरोनाले नराम्रोसँग थला पारिदिएको छ । नेपाली पर्यटन क्षेत्र बिदेशीहरुको टुर र ट्रेकिङ्गमा बढी भर पर्ने गर्दथ्यो । यतिबेला विदेशबाट आउने पर्यटकहरुले गर्दा लाखौँ आम्दानी गर्दै आएका गाइड, पोर्टर जस्ता श्रम क्षेत्र र व्यवसायीहरुको दैनिकी पनि कष्टकर बनेको छ । अझ यो क्षेत्रमा भविष्य बनाउने सुरका साथ अगाडि बढ्दै गरेकाहरु सबैमा अन्यौलता छाएको छ । विस्तारै शहर बजारमा चहलपहल बढेता पनि बिदेशीहरुको आगमन र पर्यटन क्षेत्र कहिलेबाट सुरु हुन्छ भन्ने आँकलन गर्न सक्ने अवस्था छैन ।

कतिपयले भने निरन्तरताका लागि मात्र भए पनि अफिस कुर्दै आएका छन् । अझै पर्यटन व्यवसायले साथ दिनेछ भन्ने आशामा व्यवसाय सञ्चालन गरिरहेका छन् । देशको आम्दानीको मुख्य श्रोत बनेको पर्यटन क्षेत्र यतिखेर धरासायी बनेको छ । तर यस क्षेत्रमा सरकारले चासो नदिँदा सबैजना चिन्तित देखिन्छन् । कोरोनाका कारण पर्यटन वर्ष २०२० लाइ लक्षित गर्दै यस क्षेत्रमा लगानी गरेकाहरुको अहिले बिचल्ली भएको छ । यसले अधिकांशहरुले त लगानी उठाउने कसरी भनेर सोच्न समेत सकेका छैनन् । यस क्षेत्रमा बिगत लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका गोरखाका नारायण अधिकारी यो क्षेत्र नै छाडेर कृषि पेशातर्फ मोडिएका छन् । उनले बाख्रापालन साथै कृषि पेशा गर्दै गाउँमा आफूलाई स्थापित गरिरहेका छन् । अधिकरीका अनुसार पर्यटन क्षेत्र धरासायी भएको अवस्थामा कृषि पेशाले राहत दिएको बताए । पर्यटन क्षेत्र रहेको ठमेलमा होटल व्यवसाय गर्ने व्यवसायी मिलन अधिकारी भन्छन– ‘अहिले पर्यटक आगमन शून्य छ । होटेलहरु सबैतिर खाली छन् । स्टाफहरुलाई तलब दिन समेत सकिरहेको छैन ।
कोरोना भाइरसले अक्रान्त बनाएको पनि भएको एकबर्ष बितिसकेको छ । गतबर्ष यहि महिनामा चीनबाट उत्पति भएको भाइरसका कारण लाखौँ मानिसहरुको ज्यान गएको छ भने करोडौं मानिसहरु यसबाट प्रभावित भएका छन् । नेपालमा सरकारले कोरोना भाइरसबाट बच्न तथा सजग हुन भन्दै सबै तिर लकडाउन गरेको थियो । त्यसपछि बिदेशी पर्यटक आगमनमा पूर्ण रुपमा रोक लागेको हुँदा पर्यटन वर्ष २०२० लाई नारामै सीमित राखेर बिदाइ गरिएको छ ।
अंग्रेजी अर्को बर्ष २०२१ सुरु भएको छ । आशाका किरणहरु जागेका छन् । जसोतसो, दुःखसुख, जे जस्तो भए पनि अब आउने बर्षमा बिस्तारै सबै सहज होस् यही कामना गर्दछौं ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]