" /> कोरोनाका कारण आइसीसीको नामिबियामा हुने खेल स्थगित – News of Global

News of Global बिहिबार, चैत्र १३, २०७६

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणत्मक सिरिज स्थगित भएको छ । नामिबियामा बैशाख ८ देखि १५ गतेसम्म हुने सातौं चरणको सिरिज स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । सिरिजमा नेपालसहित आयोजक नामिबिया र स्कटल्याण्ड रहेका थिए ।

आईसीसीले बिहिबार पे्रशविज्ञप्ती जारी गर्दै जुन ३० तारिखभन्दा अघिका सबै प्रतियोगिता स्थगित गरेको पनि उल्लेख गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सबै स्पर्धा सारेको पनि आईसीसीले जनाएको छ । आईसीसीले सातौं चरणको लिग सेप्टेम्बरमा हुने बताएपनि मिति उल्लेख गरेको छैन ।

यसअघि छैटौं चरणको लिग समेत कोरोनाको प्रभावका कारण सरेको थियो । लिग–२ सन् २०२३ विश्वकप छनोट प्रतियोगितामा पुग्ने अवसर हो । जसमा नेपालसहित अमेरिका, स्कटल्यान्ड, ओमान, युएई, नामिबिया र पपुवान्युगिनी गरी सात देश छन् । प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन् ।

लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । नेपालले लिगमा जम्मा चार खेल खेलेको छ । गत माघमा कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई दुई वटै खेलमा हराएको थियो । नेपाल ओमानसँग भने दुवै खेल गुमाएको थियो । नेपालले चार खेलबाट चारनै अंक बनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]