News Of Global शुक्रबार, माघ १६, २०७७

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिक्त रहेका पदहरुमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा परिपूर्ति गर्न ३ सय २६ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले प्रशासन तर्फ वरिष्ठ शाखा प्रमुख ३ जना, शाखा प्रमुख ५ जना, वरिष्ठ लेखा अधिकृत १७ जना, व्यवसाय अधिकृत ४४ जना, एमआईसी अधिकृत ४ जना, कम्प्यूटर अधिकृत ४ जना, कानुन अधिकृत ९ जना, व्यवसाय सहायक ११९ जना, कानुन सहायक ३ जना र लेखापाल ६२ जना गरि जम्मा २ सय ७० जना कर्मचारी माग गरेको हो ।

त्यसैगरी प्राविधिक तर्फ, वरिष्ठ आइटी इन्जिनियर ८ जना, आइटी इन्जिनियर ११ जना, सिभिल इन्जिनियर ३ जना, कर्जा अधिकृत २० जना र ऋण सहायक १४ जना गरी २६ जनाको लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरी माघ ३० गतेदेखि फागुन ६ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]