" />
काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड–माधवकुमार नेपाल समूह निकट विद्यार्थीहरुलाई प्रदर्शन गर्ने क्रममा गरेको पक्राउ गरेको छ ।
उनीहरुको पक्राउलाई लिएर संघर्ष समितिले गम्भीर आपत्ति जनाएको छ। प्रचण्ड–माधव समूह, संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै पक्राउप्रति गम्भीर आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘असंबैधानिक र प्रतिगामी कदमका बिरुद्ध आज अनेरास्वबियूको आयोजनामा काठमाडौँको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्वबियू केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछि प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रीय संघर्ष समिति घोर निन्दा गर्दछ।’
यसका साथै समितिले प्रदर्शन गर्नेहरुलाई कुटपिट गर्ने प्रहरीहरुमाथि कडा कारबाहीको माग गरेको छ भने कुटपिट गर्ने सुरक्षाकर्मीमाथि संघर्स समितिको ‘नोटिस’मा राख्ने जनाएको छ। प्रहरीको कुटाइबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ भने दर्जनबढी घाइते भएका छन्।
https://youtu.be/vSa4LN-0gKc