News Of Global बिहिबार, माघ २२, २०७७

गोरखा । गोरखा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र घैरुङ गोरखाले ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित औषधी वितरण गरेको छ । केन्द्रमा सोमवार आयोजित कार्यक्रममा शहिद लखन वडा नम्वर ६ का ५० जना ज्येष्ठ नागरिकलाई खादा खोढाएर सम्मान गरि आयुर्वेदिक औषधी वितरण गरिएको हो ।
ज्येष्ठ नागरिक सेवा कार्यक्रम अन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई औषधी वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रशान्त पण्डितले बताउनुभयो । औषधी वितरण अघि सबै ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो । उहाँहरुलाई रोग प्रतिरोधी क्षमता बढाउने खालका अौषधि बितरण गरियको थियो।
स्वास्थ्य केन्द्रसम्म आउन नसकेका ज्येष्ठन नागरिकलाई भने घरमै औषधी उपलब्ध गराइने पण्डितले बताउनुभयो । आगामी दिनहरुमा अन्य वडा र जिल्लाका अन्य पालिकामा पनि यसप्रकारको कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ ।
आयुर्वेद केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शहिद लखन गाऊँपालिकाका अध्यक्ष रमेश थापामगर, वडा नम्वर ६ का अध्यक्ष दिलिपनारायण थापा लगायतले मन्तब्य ब्यक्त गर्नु भयको थियो।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]