काठमाण्डौ । तीन दिने भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले भारतका पूर्व प्रधानमन्त्री एच. डी. देवगौडासंग मङलबार भेटबार्ता गर्नु भएको छ ।
नयाँ दिल्ली स्थित पूर्व प्रधानमन्त्री निवासमा भएको भेटमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको भेटमा सहभागि परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताए । भेटमा दुइ देश बीचको ऐतिहाँसिक सम्बन्ध र सहकार्यलाई थप मजवुत बनाउन तथा दक्षिण एशिया र विश्वमा शान्तिको लागि पहलकदमी लिन पूर्वमन्त्रि ढकालले पूर्व प्रधानमन्त्री एच. डी. देवगौडालाई आग्रह गर्नु भएको थियो ।

Nepal Telecome

पूर्व प्रधानमन्त्री देवगौडाले नेपालको पछिल्लो बिकसित राजनैतिक घटनाक्रमको बारेमा जिज्ञासा राख्दै घोषित निर्बाचन निर्धारित मितिमै सम्पन्न गर्न प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार सफल हुने बिश्वाश गरेको प्रवत्ता पौडेलले जानकारी दिए । भारतीय राज्य सभाका सदस्य समेत रहेका नेता देवगौडाले दुई बर्ष अघि एशिया प्याशिफिक समिटमा भाग लिन नेपाल आउदाको मिठो स्मरण सुनाउदै भारतले सधै नेपालमा स्थायित्व र विकास देख्न चाहेको बताउनु भएको भेटमा सहभागी सामाजिक अभियन्ता कृष्ण अधिकारीले बताए । अन्तराष्ट्रिय सांसदहरुको मन्चको एशिया प्रसान्त क्षेत्रका संयोजक समेत रहेका भारत भ्रमणलाई मह्त्वको साथ हेरिएको छ । ढकाल बिहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।