" /> मुलुकको गतिविधिप्रति चासो राख्दै पूर्व राजाको कडा अभिव्यक्ति – News of Global

News of Global बिहिबार, फाल्गुण ०६, २०७७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिनप्रतिदिन जटिलतातर्फ फस्दै गएको बताएका छन् ।
शुक्रबार परेको ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्रै नभई सामाजिक जीवपद्धति समेत भएको बताएका छन् ।

‘नेपाल जनता र राजाबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाटै हुने यर्थाथको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रति दिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’, पूर्व राजा शाहले दलहरुप्रति संकेत गर्दै भनेका छन् ।

प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था भएको भन्दै शाहले विश्वमान्य प्रजातन्त्रको मान्यता अनुरुप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने आकांक्ष सवैको रहेको बताएका छन् ।
‘प्रजातन्त्र प्राप्तिको ७० बर्षपछि आएर पनि हामी प्रजातन्त्रकै विषयमा विवाद, बहस, द्वन्द्वमै व्यस्त र ग्रस्त छौँ’, शाहले असन्तुष्टि जनाउँदै भनेका छन्, ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहाना र जनभावना अन्ततः अमिर रहन्छ । यसलाई मेट्न खोजेर, बटारेर मेटिँदैन बटारिँदैन ।’

उनले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको समेत शुभकामना सन्देशमा स्मरण गराएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]