सुर्खेत । प्रतिनिधि सभा निर्वाचनमा कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही चौथो पटक विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन् । उनमा निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेश्ननललाई ९८६ मतान्तरले विजयी भए ।
नेकपा एमालेका नगिन्द्र शाहिले १० हजार ३५२ मत पाए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत पाए ।
त्यस्तै नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले २ हजार ९३७ मत पाए ।
नेमकिपाका नन्दबहादुर शाहीले ५९७, राप्रपाका सूर्यबहादुर शाहीले ५६६, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २६९ मत ल्याए ।
नेकपाका शाही २०७० सालको संविधानसभा निर्वाचन यता कालिकोटबाट निरन्तर चुनाव जित्दै आएका छन् । २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएका थिए ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य जितेका शाही चौथो पटक चुनाव जितेर सिंहदरबार प्रवेश गरेका हुन् ।