" /> प्रदेश २ को प्रमुखमा राजेश अहिराज नियुक्त – News of Global

News of Global आइतबार, फाल्गुण ०९, २०७७

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेशप्रमुख राजेश अहिराजले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माढणमा आफूले भूमिका निर्वाह गर्ने बताए ।

आइतबार जिम्मेवारी सम्हाल्न अस्थायी मुकाम जनकपुरधाम पुगेका उनले एक सन्देश जारी गर्दै उनले शिरमा देश र मनमा मधेस राखेर जन्मभूमिमा प्रदेश प्रमुखको रुपमा काम थालेको उल्लेख गरेका छन् ।

प्रदेश २ भित्र रहेका विविधिता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्ने प्रदेश प्रमुख अहिराजले उल्लेख गरेका छन् ।

‘देशभक्ति आतिथ्य सत्कार, समृद्ध साँस्कृतिक इतिहास बोकेको प्रदेश नं २ मा काम गर्ने सौभाग्य पाएको छु । विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउने कार्यमा बल पुर्‍याउनेछु’ उनले भनेका छन् ।

प्रदेश प्रमुख अहिराजले प्रदेश २ मा सुशासन, सद्भाव, समभाव र समृद्धि कायम गर्न गराउन आफूले सहकार्य गर्ने पनि उल्लेख गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]